थुलुङ दुधकोशीले पालिका भित्रका सबै सडक सफा गर्ने

शेयर गर्नुहोस्

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिका भित्रको सडकलाई तत्काल सरसफाइ तथा मर्मत सुधार गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यपालिका बैठकले बर्खाको समयमा बिग्रेको सडकलाई दशै अघिनै मर्मत सुधारका साथै सरसफाई गर्ने निर्णय गरेको हो ।

चाडपर्वमा सवारी आवगमन बढी हुने र मौसममा समेत सुधार हुने भएकाले सडक सरसफाइलाई पहिलो प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । भौतिक पुर्वधार समितीलाई तत्काल बैठक बसि मुख्य मुख्य सडकलाई पुर्णरुपमा सहज ढंगले सञ्चालन गर्ने गरि कार्य गर्न अध्यक्ष राईले निर्देशन समेत दिनुभएको प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । जनस्तरबाट कुनैपनि गुनासो नआउने गरि काम गर्न सबै वडालाई अध्यक्ष राईले निर्देशन समेत दिनुभएको उहाँको भनाई छ ।

अझै पनि झरी पर्ने क्रम नरोकिएकाले सडक सरसफाइ कार्य प्रभावित हुने पालिकाका सव- इन्जिनियर शरण कुमार राईले बताउनुभयो । झरी परिरहेको बेला बर्खामा परेको खाल्डो पुर्दा सवारी साधन फस्ने जोखिम बढी हुने उहाँको भनाई छ ।

हिजो देखि वडा नम्बर ३ पंचन क्षेत्र भित्र सडक सफाई गरिरहेको र यो कार्य निरन्तर हुने गाउँपालिकाले जनाएको छ । अधिकांस सडकमा चिम्टे माटो भएकाले सामान्य झरी पर्दा पनि सवारी फस्ने र ठुला ठुला खाल्ने हुने सब-इन्जिनियर राईले बताउनुभयो । यस्तै शुक्रबारको कार्यपालिका बैठकले अन्य केहि महत्त्वपूर्ण निर्णयहरु गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु