प्रथम वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न, २५ टिमको सहभागिता

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बु जिल्ला व्यापी प्रथम वडाध्यक्ष रनिङ शिल्ड खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी सम्पन्न भएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ ले आयोजना गर्नलागेको प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।

विहिबारबाट सुरु हुने प्रतियोगितामा जिल्ला भरका ८ स्थानिय तह मध्य ६ स्थानिय तहबाट २५ टिमको सहभागिता भएको कार्यक्रम संयोजक भलाकाजी कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेले टिमले क्रमश शिल्ड मेडल र प्रमाण पत्र सहित जनही १ लाख १ हजार १ सय, ७५ हजार १ सय, ५० हजार १ यस र चौथो हुनेले २५ हजार १ सय को साथमा प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

साथै, खेलमा उत्कृष्ट हुनेहरुले नगद पुरस्कार सहित सम्मान पत्र र ट्रफी पाउने छन् । आजै चिठ्ठा टिपाई खेल तालिका पनि तयगरिएको छ । खेल तालिका

खेल तालिका


शेयर गर्नुहोस्

अन्य खबरहरु