टान अध्यक्षमा सोलुका चोलेन्द्र कार्कीको उमेद्वारी

शेयर गर्नुहोस्

काठमाडौँ– ट्रेकिङ व्यसायीहरुको छाता संगठन टानको नयाँ कार्य समितिका लागि अध्यक्षमा सोलुखुम्बुका चोलेन्द्र कार्कीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

आगामी भदौ १७ गते ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल टानको नयाँ नेतृत्व चयन गरिदै छ । दुई दशक देखि पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशिल कार्की टानका निवर्तमान प्रथप उपाध्यक्ष हुन् । उनले सम्पूर्ण व्यवसायीहरुको तर्फबाट अध्यक्षको उम्मेदवारी दिन लागेका हुन् । कार्कीले आफू टानको नेतृत्व लिने तयारी स्वरुप उम्मेदवारीका लागि छलफल गरिरहेको बताएका छन् ।

उनले केही दिनभित्रै अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु समेत प्यानल नै घोषणा गर्ने बताएका छन् । कार्कीले यस अघि टानको प्रथम उपाध्यक्ष भई सन् २०१९ देखि ०२२ को कार्य समितिमा जिम्मेवारी पूरा गरिसेका छन् ।

त्यसबेला एमाले माओवादीको पार्टी एकता भई नेकपा बनेको र ट्रेकिङ व्यवसायीहरुको संगठनमा पनि एकलौटी दबदबा रहेको बखत काँग्रेसको शुभेच्छुक संगठनबाट उम्मेदवारी दिई प्रथम उपाध्यक्षमा निर्वाचित भएका थिए । विगत दुई दशक देखि ट्रेकिङ पेसामै निरन्तर क्रियाशिल रहेकाले टानको नेतृत्व लिने क्षमता आफूमा पर्याप्त रहेको उनको भनाई छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु