सुजनको अध्यक्षतामा ९५ सदस्यीय नेविसंघ जीवन ज्योति मा.वि. नेलेमा इकाई गठन

शेयर गर्नुहोस्

सोलुखुम्बु– थुलुङ दुधकोशी गाउँपालिका १ नेले स्थीत जीवन ज्योति मा.बि.मा नेविसंघ इकाई समिती सुजन तामाङको अध्यक्षतामा ९५ सदस्यी समिति सर्वसहमत गठन गरिएको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सोलुखुम्बुको संगठन विस्तार कार्यक्रम अन्तर्गत जिवन ज्योति मा.बि.नेलेमा ईकाइ गठन गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका युवा नेता कुमार खड्का कांग्रेस सोलुखुम्बुका युवा द्रोण बास्तोला थुलुङ दुधकोशी १ नेले नेपाली कांग्रेसका उपसभापति कर्ण बहादुर खड्का सचीव साजन घले सहचिव लाक्पा शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाल विद्यार्थी संघलाई समय सापेक्ष ढङ्गबाट संगठन निर्माण सङ्गसङ्गै रचनात्मक कार्यक्रममा पनि जोड दिनुपर्ने धारणा राख्नुभएको नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सोलुखुम्बुका सचीव मोहन कृष्ण निरौलाले जानकारी दिनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु