तेह्रथुम– कोशी प्रदेश स्तरिय पुरुष फुटबल प्रतियोगिताको उपाधी मोरङ हात पारेको छ । शनिबार सम्पन्न खेलमा ओखलढुङ्गालाई २–० ले पछि पार्दै उपाधी उचाल्न सफल भएको हो । गत शनिबारबाट तेह्रथुमको मेयङ्लुङ नगरपालिकाको रंगसालामा सुरु भएको खेलमा कोशी प्रदेशका ८ जिल्लाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुनेले ३ लाख ३३ हजार ३ सय ३३ रूपैया सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता ओखलढुंगाले २ लाख २२ हजार २ सय २२ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मोरङका सुशिल राइ, उत्कृष्ट मिड फिल्डर ओखलढुंगाका मानष राई,वेष्ट डिफेन्डर मोरङका असोक खवास,वेष्ट फर्वाडर मोरङका सुशिल राई, वेष्ट गोल रक्षक मोरङका पूर्ण चेम्जोङ, म्यान अफद म्याच मोरङका मौषम लिम्बु,उदयमान खेलाडी तेह्रथुमका अप्सन लिम्बु र उत्कृष्ट प्रशिक्षक मोरङका प्रकाश मल्ल घोषित भए। उत्कृष्ट सबैलले जनही ११ हजार १ सय ११ सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।

कोशी प्रदेश खेलकुद विकास वोर्डको आयोजना, म्याङलुङ नगरपालिकाको सह(आयोजना र खेलकुद विकास समिति तेह्रथुमको संयोजनमा असार ३ गते देखि सन्चालन शुरू भएको प्रतियोगिता असार ८ गते भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाको सहभागिता रहेको थियो ।









