थुलुङदुधकोशीमा एकल महिला उद्यमशिलता विकास कार्यक्रम सुरु

शेयर गर्नुहोस्

सोलुखुम्बुः जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका मुक्लीमा बाख्रा तथा बंगुरपालन सम्बन्धि तालिम सुरु भएको छ । एकल महिला उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाद्धारा आयोजित उक्त तालिम शुक्रबार सुरु भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको तालिममा वडा नम्बर ६ का २५ जना एकल महिलाहरुको सहभागिता रहेको छ । असार ३ गते सम्म सञ्चालन हुने तालिम एकल महिलाहरुको आवश्यकता अनुसार गाउँपालिकाले सञ्चालन गरेको भन्दै सहभागीले नेतृत्वलाई धन्यवाद दिएका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले पहिलो चरणमा वडा नम्बर ६ मा कार्यक्रम सञ्चालन गरिएको भएपनि यसलाई पालिका भरीनै विस्तार गरिने बताउँनुभयो । एकल महिलालाई घरपरिवार सञ्चालन देखि अन्य विविध समस्याको सामना गर्नुपरेको प्रति थुलुङ दुधकोशी सरकार गम्भिर रहेको भन्दै अध्यक्ष राईले अबको नीति तथा कार्यक्रममा ९ वटै वडाका एकल महिलालाई समेटिने बताउँनुभयो ।

गाउँपालिकामा उत्पादित बस्तुको बजारीकरण गर्ने जिम्मा स्थानीय सरकारले लिने भन्दै पालिका अध्यक्ष राईले ढुक्कले उत्पादनमा जोडिदै आत्मानिर्भर बन्न आग्रह गर्नुभयो ।
एकल महिलालाई समाजले हर्ने नजर परिवर्तन हुनेक्रममा रहेको भन्दै पालिका उपाध्यक्ष सविता राईले थुलुङ दुधकोशी सरकारले सबै क्षेत्र र लिङ्गलाई समान ढंगले नीति तथा कार्यक्रममा समावेश गरिरहेको बताउँनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु