सोलुखुम्बुमा करिब १२ हजारले गराए स्वास्थ्य बीमा

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बु जिल्लामा हाल सम्म करिब १२ हजार जनाले स्वास्थ्य बीमा गराएका छन् । चालु आर्थिक वर्षको जेष्ठ १५ गते सम्ममा ११ हजार ९ सय ६१ जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क रहेको छ ।

नेपाल सरकारले २०७२ सालबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम सोलुखुम्बुमा २०७५ सालबाट सुरु गरिएको हो । बोर्डको तथ्यमाङ्क अनुसार जिल्लाको ८ स्थानीय तहहरु सोलुदुधकुण्ड नगरपालिकामा ३ हजार ७ सय ९ जना, नेचासल्यान गाउँपालिकामा १ हजार ९ सय ५४, थुलुङ दुधकोशीमा १ हजार ७ सय ८७, सोताङ गाउँपालिकामा १ हजार ४ सय ४९ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

यस्तै, माप्य दुधकोशीमा १ हजार ३ सय ५७ जनाले, महाकुलुङ गाउँपालिकामा ९ सय ७८ जना, लिखुपीके गाउँपालिका ७ सय २ जना र खुम्बु पासाङ ल्हामु गाउँपालिकाका २५ जनाले बीमा गराएको स्वास्थ्य बीमा बोर्ड सोलुखुम्बुका दर्ता अधिकारी प्रदिप बस्नेतले जानकारी दिनुभयो ।

दर्ता अधिकारी बस्नेतका अनुसार जिल्लामा विभिन्न चरणमा बीमा दर्ताका लागि कार्यक्रमहरु संचालन गरिएको भए पनि अझै नागरिकमा यसको महत्व बारे बझाउन बाँकी रहेको बताउनुभयो । सोलुखुम्बु भौगोलिक विविधता भएकाले पनि जिल्लामा प्रत्यक्ष नागरिक समक्ष पुग्न कठिन भएको बस्नेतले बताउनुभयो ।

साथै, बोर्डले यसलाई अझ प्रभावकारी बनाउन र सबै नागरिकको पहँुचमा पु¥याउन सबै स्थानीय तहको प्रत्यक वडा एक जना दर्ता सहयोगी खटाउने भएको उहाँले बताउनुभयो । सोलुखुम्बु जिल्लामा २०७८ को जनगनणाको तथ्याङ्क अनुसार कुल १ लाख ४ हजार ८ सय ५१ जना रहेको छ ।

बीमाका लागि एक परिवारमा ५ जना सदस्य भएमा ३ हजार ५ सय र सो भन्दा बढी सदस्य भएमा प्रति व्यक्ति ७ सय रुपैयाँ लाग्ने नियम रहेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु