माप्य दुधकोशीद्धारा फाईनलिष्ट कुमारलाई करिब २ लाख सहयोग

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपालको चर्चित रियालिटी सो द भ्वइस अफ नेपाल सिजन ५ का प्रतिस्पर्धी सोलुका कुमार प्रयासलाई माप्य दुधकोशी गाउँपालिकाले आर्थिक सहयोग गरेको हो । विहिबार गाउँपालिका अध्यक्ष बुद्धि किरण राई र उपाध्यक्ष गौरब राई प्रतिपर्धी राईलाई १ लाख ९८ हजार हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिकाको तर्फबाट ६० हजार, जनप्रतिनिधि तथा कर्मचारीहरुबाट ७६ हजार, शिक्षक शिक्षिकाबाट ५३ हजार गरि १ लाख ९८ हजार संकलन भएको थियो ।

फाईनलिष्ट राई द भ्वाइसको फाईनलमा प्रवेशले जिल्लालाई गायनका माध्यमबाट विश्वसामु चिनाउनु सफल भएकोप्रति खुसि व्यक्त गर्नुभयो । साथै उहाँले जीतको शुभकामना समेत व्यक्त गर्नुभयो । यस्तै उपाध्यक्ष गौरव राईले कुमारको सफलता नै सोलुखुम्बु बासी पनि सफलता भएकाले सम्पूर्ण जिल्लाबासी लाग्नुपर्ने बताउनुभयो ।

कुमार प्रयास थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका हुन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु