नक्कली कागज बनाई युवालाई रुसी सेनामा पठाएको आरोपमा सोलु राई सहित दुई जना पक्राउ

शेयर गर्नुहोस्

सोलुखुम्बु – विभिन्न नक्कली कागज बनाइदिएर मोटो रकम लिँदै नेपाली युवालाई रुसी सेनामा पठाएको आरोपमा प्रहरीले सोलुखुम्बुका एक युवासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्राभल सञ्चालक सोलुखुम्बु नेचाका ३५ वर्षीय शेरबहादुर राई र गोरखाका ३१ वर्षीय अर्जुन सुनार रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालय मीन भवनको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेका सुनार र राईले रूसको होटलमा आकर्षक तलब हुन्छ भन्दै विभिन्न युवाहरूसँथ ६ लाख रुपैयाँका दरले उठाएर युवालाई रुस पठाएका थिए ।

शंकर कार्की, राजन राई र बिकास राईलाई अलास्का ट्राभल्स सञ्चालक बताउने अर्जुन श्रेष्ठ भन्ने अर्जुन सुनार र शेखर राई बताउने शेरबहादुर राईले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लिएको उजुरी प्रहरीमा परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका सुनार र राईलाई मानब तस्करीको आरोपमा थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु