सोलुखुम्बु– थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले पालिका भित्रका माझी समुदायका विद्यार्थीहरुलाई जनही दस हजार रुपैयाँ सहित शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ।
गाउँपालिकाको वडा नं-६ बर्खुघाटस्थित मुक्ली आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष राईले ३३ जना माझि छात्रछात्राहरूलाई नगद र शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो।
बिद्यालयमा नियमित रूपमा प्रभावकारी शिक्षण सिकाई कार्यक्रममा विद्यार्थीहरुलाई सहभागी गराउन गाउँपालिकाको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई सो सहयोग उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
शिक्षा लिनुपाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार भएको र यो आधारभूत अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने कुरामा गाउँपालिका सचेत रहेको पनि अध्यक्ष राईले बताउनु भयो।
माझी समुदायका कोहि पनि बालबालिका विद्यालय बाहिर नरहुन भन्ने उद्देश्यका साथ गाउँपालिकाले नगद र शैक्षिक सामाग्री सहयोग गरेको वहाँको भनाई थियो। यस्तै, उहाँले नियमित विद्यालय जान पनि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । सहयोग प्राक्त भएपछी बिद्यार्थी तथा अविभावक खुसी ब्यक्त गरेकाछन ।