सोलुखुम्बु- शुक्रबार साँझ हावाहुरीसंगै परेको चट्याङले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्माका २२ वर्षीय रिन्जी फुर्वा शेर्पा घाईते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार शुक्रबार साँझ अन्दाजी ५ बजेको समयमा घर नजिकै परेको चट्याङ लागेर शेर्पा घाईते भएका हुन् ।
चट्याङका कारण बेहोस भएका शेर्पाको अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।अस्पताल श्रोतका अनुसार शेर्पा खतरा मुक्त रहेकाछन ।