देउसामा वाइसियलको ‘श्रम तथा उत्पादन अभियान’अन्तर्गत विद्यालय परिसर सरसफाई तथा बाटो मर्मत

शेयर गर्नुहोस्

नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसियल) ले श्रम तथा उत्पादनमा वाइसियल अभियान अन्तर्गत थुलुङ दुधकोशी गाउँपालिका ८ मा विद्यालय परिसर सरसफाई तथा बाटो मर्मत गरेको छ ।

आज बुधबार वाइसियल थुलुङ दुधकोशी ८ को आयोजना तथा जिल्ला कमिटीको सहकार्यमा दुधकौशीका माद्यमिक विद्यालयको परिसर र विद्यालय नजिकैको बाटो विद्यार्थीलाई हिँड्डुल सहजका लागि मर्मत गरिएको वाईसियव वडा कमिटी अध्यक्ष नविन नेपालीले जानकारी दिनुभयो ।

कार्यक्रममा वाइसियलको केन्द्रीय सदस्य सुजन राईले बिभिन्न क्षेत्रमा वाइसियलको सहभागीता जुटाउने उदेश्यका साथ श्रम अभियानको सुरुवात गरिएको बताउनुभयो । साथै उहाँले श्रम बिना देशको विकास असम्भव हुने महसुस गर्दै संगठनले यो अभियान संचालन गरेको बताउनुभयो । २ महिना सम्म चल्ने अभियानमा वाइसियलको नेतृत्वमा सबै युवाहरुलाई श्रमको अभियानमा जुटाएर अगाडी बढ्ने बताउनुभयो ।

वाईसिलय वडा कमिटी अध्यक्ष नविन नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा वाइसियल प्रदेश कमिटिको सदस्य कुल बहादुर राई, जिल्ला अध्यक्ष विवेक राई, जिल्ला उपाध्यक्ष अनिल थुलुङ, अखिल कान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सोनाम शेर्पा, पार्टी वडा कमिटी अध्यक्ष जंग राई लगाएत वडा कमिटीका सदस्यहरुको सकृय सभागिता रहेको वडा कमिटी अध्यक्ष नेपालीले जानकारी दिनुभयो । यस्तै, यो अभियान सोलुखुम्बु जिल्लाको आठ वटै स्थानियतहमा संचालन गरिने जिल्ला अध्यक्ष विवेक राईले बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु