नेपाल बैंकर्स एसोसिएसन सोलुखुम्बु गठन

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाल बैंकर्स एसोसिएसन सोलुखुम्बु गठन गरिएको छ । आज जिल्लामा रहेका बैंक लघुबित्त तथा इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीको उपस्थितिमा चुडाराज सुवेदीको अध्यक्षतामा १५ सदस्यीय समिती गठन गरिएको हो ।

नव गठित समितिको बरिस्ठ उपाध्यक्ष अमन बोगटी, उपाध्यक्ष, बिमल राई, उपाध्यक्ष द्रोन बास्तोला, सचिबमा रबिन श्रेष्ठलाई चयन गरिएको हो ।

यस्तै, कोषाध्यक्षमा शारदा माया तामाङ, सह–सचिवमा भोजराज ढकाललाई सर्वसहमत चयन गरिएको छ ।

यता साही भेलाले सल्लाहाकार समिति पनि चयन गरेको छ । सुमन चापागाईंको संयोजकत्वमा ४ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा छत्र कुमारी लिम्बु, सुरज श्रेष्ठ, गोपाल धमलालाई चयन गरेको छ ।

संस्थाले सल्लेरीमा रहेर विभिन्न सामाजिक उत्तर दायित्व अन्तर्गको काम गर्नुका साथै जिल्ला भित्रका बैंक तथा बीमा कम्पनीहरू बीच आपसी समन्वय, पेशागत सीप विकास, कर्मचारीबीच पारिवारिक भावना अभिवृद्धि गराउने बताईएको छ । कार्यक्रममा करिव ५० जनाको उपस्थिति रहेको सचिव रबिन श्रेष्ठले जानकारी दिनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु