विश्व भलिबल दिबसको अबसरमा आयोजित मैत्रिपूर्ण भलिबलको उपाधी पत्रकार महासंघलाई

शेयर गर्नुहोस्

सोलुखुम्बुः विश्व भलिबल दिबसको अबसरमा सोलुखुम्बुमा आयोजना गरिएको मैत्रीपुर्ण भलिबल खेलको उपाधी नेपाल पत्रकार महासंघले हातपारेको छ ।

जिल्ला भलिबल संघ सोलुखुम्बुको आयोजनामा आज सम्पन्न खेलमा नेपाल पत्रकार महाँसंघ जिल्ला शाखा सोलुखुम्बुले नेपाल शिक्षक महासंघलाई सोझो सेटमा पछिपार्दै उचालेको हो । ५ ओटा टिम सहभागी रहेको उतm खेलमा नेपाल शिक्षक महासंघ सोलुखुम्बु टिम दोश्रो र जिल्ला भलिबल रेफ्री संघले तेश्रो स्थान प्राप्त गरेका छन् ।

खेलमा प्रथम ,द्दितीय र तृतियहुने टिमलाई क्रमश नगद ११ हजार १११ , ७ हजार ७७७ र ५ हजार ५५५ को साथमा टफि मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । भलिबल खेल राष्ट्रिय खेल भएको र यसको माध्यमबाट खेल पेमिहरुबी भाईचारा, सामिप्यता कामय राख्ने द्येयले खेलको आयोजना गरिएको जिल्ला भलिबल संघ सोलुखुम्बुका अध्यक्ष दिपक किरातीले बताउनुभयो ।

प्रतियोगितामा जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संस्थाहरु जिल्ला रेफ्री संघ, उद्योग बाणिज्य संघ, नेपाल शिक्षक महासघ, कर्मचारी मिलन केन्द्र लगाएतका संस्थाको सहभागिता भएको जिल्ला भलिबल संघ महासचिव योगेष श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लासमन्वय समितिको प्रांगणमा सम्पन्न खेलको समापन समारोहमा सोलुखुम्बुका राष्ट्रिय भलिबल खेलाडी तथा कोशी प्रदेशका भलिबल टिम क्याप्टेन बिष्णु बस्नेतलाई सम्मान पत्रको साथमा दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु