थुलुङ दुधकोशीले आगामी आर्थिक वर्षको लागि वडालाई बजेट सिलिङ तोक्यो, कुन वडालाई कति

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउनका लागि वडालाई ६ करोड बढीको सिलिङ दिएको छ ।

पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बुधबार बसेको श्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठले तीन सूचकको आधारमा ६ करोड २ लाख ७१ हजार ४ सय ३७ रुपैयाँ वडागत बजेट सिलिङ दिएको हो ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार वडाको जनसंख्या, क्षेत्रफल र राजस्व संकलनलाई बजेट सिलिङको लागि सूचक मानिएको छ । उक्त सूचक अनुसार वडा नम्बर ९ लोखिमले सबै भन्दा बढी ९ करोड ९१ लाख ३ सय १५ प्राप्त गरेको छ भने दोस्रोमा वडा नम्बर १ नेलेले ८२ लाख एक्काइस हजार ६६ रुपैयाँ प्राप्त गरेको छ । यस्तै वडा नम्बर २ काँगेलले ६५ लाख ३४ हजार ७ सय १६, वडा नम्बर ३ पञ्चनले ५३ लाख ७५ हजार ६ सय ८० रुपैयाँ, वडा नम्बर ४ जुबुले ५० लाख ३ सय १५, वडा नम्बर ५ जुबुले ५९ लाख ७ सय १५ रुपैयाँ, वडा नम्बर ६ मुक्लीले ६८ लाख ११ हजार ५ सय १२ रुपैयाँ प्राप्त गरेको छ ।

यस्तै वडा नम्बर ७ देउसाले ६२ लाख १५ हजार ८ सय ७२ रुपैयाँ, वडा नम्बर ८ देउसाले ७१ लाख ११ हजार २ सय ४६ रुपैयाँ प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राईले जानकारी दिनुभयो । अब पालिका भित्रका सबै वडाले आफुले प्राप्त गरेको बजेट सिलिङभित्र रहेर आगामी वर्षको कार्यक्रम बनाउनुपर्ने हुन्छ ।

समितिको बैठकले आगामी वर्ष २०८२/०८३ मा विभिन्न शिर्षकबाट गाउँपालिकाको श्रोत रु। ६३ करोड ३७ लाख ६० हजार रहने अनुमान गरेको छ । संविधान अनुसार स्थानीय सरकारले असार १० गते बजेट ल्याउनेछ । जेठ ३० गते देखि असार १० गते सम्मको लागि थुलुङ दुधकोशी गाउँपालिकाले बजेट क्यालेन्डर निर्माण गरि काम गरिरहेको छ ।

निर्धारित समय असार १० गते गाउँसभामा पालिकाको नीति तथा कार्यक्रम पेस हुने प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो


शेयर गर्नुहोस्

अन्य खबरहरु