जय नेपाल फाउन्डेसनद्वारा कागेलका ३५ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

शेयर गर्नुहोस्


सोलुखुम्बु – जय नेपाल फाउन्डेसन सोलुखुम्बुद्वारा थुलुङ दुधकोशी -२,स्थित ठकुमाला आ.बि.का ३५जना विद्यार्थी लाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री बितरन गरेको छ।

बिधालयमा आयोजित एक कार्यक्रमका बिच सो समाग्री वितरण गर्दै नेपाली काङ्ग्रेस का महाधिवेशन प्रतिनिधि तथा जय नेपाल फाउन्डेसन सोलुखुम्बुका अध्यक्ष नवीन थापाले शैक्षिक क्षेत्रमा राजनीति नभै राजनीतिलाई शिक्षितबनाउन सबैराजनितिक दल एक भएर लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा ने बिसङ का जिल्ला अध्यक्ष नवीन बस्नेत ,नेबि सङका पुर्ब उपाध्यक्ष तथा जय नेपाल फाउन्डेसनका सदस्य हिरा बि .क.लगायत ले कार्यक्रम मा आ- आफ्नो मन्त्ब्री राखेको युबा नेता युबराज बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चक्रबहादुर कार्किको अध्यक्षतामा सम्पन्न भएको हो।

जय नेपाल फाउन्डेसनले जिल्लाका बिधालयहरुमा शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको छ।


शेयर गर्नुहोस्

अन्य खबरहरु