सोलुखुम्बु– सोलुखुम्बु जिल्ला स्थरीय कविता प्रतियोगितामा शम्भु निशब्दको प्यालेस्टाइनी बालकको बयान शिर्षकको कविता प्रथम भएको छ ।
थुलुङ दुधकोशी प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको बृहत कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगितामा जिल्ला भरका ६२ वटा कविताहरु सहभागि भएको थिए ।

प्रतियोगितामा लेखनाथ कटेल द्धितिय र तृतिय स्थान निर्मला बस्नेतका कविताले ओगट्न सफल भएको छ । यस्तै चौथो स्थान विनिता बस्नेत र लक्ष्मी काफ्लेले प्राप्त गरेका छन् ।

प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्नेले प्रमाण पत्रको साथमा क्रमश नगद ३० हजार, २० हजार, १५ हजार र ५–५ हजार प्राप्त गरेका छन् ।









