सम्मान गर्न सक्दैनौं भने नगर के भोत ?
अपमान सहेर पनि आफ्नो गन्तव्य नबिर्सने ’म शिक्षक’
मेघ गर्जन सङै अध्यारो रात भएर के भो त ?
चम्किलो तारा झै उज्यालो छरिदिने ’म शिक्षक’
हिड्छौ कति हिड मलाइ कुल्चिएर के भो त ?
म बिना बाच्नुको अर्थ छैन त्यसैले महान धर्ती ’म शिक्षक’
गल्ती बिना तिरस्कारको पासो भित्र अल्झिएर के भो त ?
कर्तव्य अनि गन्तव्यलाई नबिर्सने ’म शिक्षक’
कुइरो भित्र काग झै अर्थ बिहिनता भै रुमलिएर के भो त ?
लगनशीलतालाइ माया गर्ने ’म शिक्षक’
बुझेर पनि बुझ पचाउनेहरुको फन्दा भित्र गुन्जिएर के भो त ?
उज्याला भबिस्यका कोपिलाहरु फुलाउन सक्ने ’म शिक्षक’
तुफान आधी हुरिको बेग सङै उडाउन सक्छौ उडाउ के भोत ?
आकाशको अटल चन्द्रमा झै अडिक रहन सक्ने ’म शिक्षक’
हेर्ने नजरहरु र सोच्ने दिमाग फरक छ्न के भो त ?
अबोध कलिला मस्तिष्कमा तिक्षण बुद्धि भरिदिने ’म शिक्षक’
गर्वान्बित,बिस्वस्त,अट्ल,कर्तव्य निस्ठ,सहनशिल,अब्बल छु
त्यसैले त अनेकौं समस्यालाई समाधान गर्दै आफ्नो पेशा प्रती जिम्मेवार बोध गर्न सक्ने एक असल ’म शिक्षक’
मेरो स्वाभिमान अनि पहिचान नबुझेर के भो त ?
कमजोर मुटु अनि फितला हात खुट्टालाइ मजबुत बनाइ खम्बा झै उभ्याउन सक्ने एक अभिभावक ’म शिक्षक’
लेखक : गीता कार्की