“यो युगको कान्छा यलम्बर’’ मनुहाङ किराँती

शेयर गर्नुहोस्

“यो युगको कान्छा यलम्बर’’

माँझ किराँत राज्यको संरक्षण गर्न
उसलाई माङले पठाएको
ऊ अर्थात हर्क साम्पाङ
जनतालाई विकासमा फोडको दिएर
देशको पीडा आफ्नै आँसु सँग पिएर
घरी ‘गुईठे’ गीत गाईरहनुहुन्छ
घरी मादल बजाईरहनुहुन्छ
घरी बाँसुरीको धुन सँग
कुहुमाँलाई बोलाईरहनुहुन्छ

घरी विरक्त लागेर
वनजङगलका लहरा सँग
बच्चेपिङ खेलिरहनुहुन्छ
शनिवारलाई नाम फेरेर
ऊ श्रमबार भन्नुहुन्छ
“आउ युवा हो, मलाई साथ देऊ म भविष्य दिन्छु“
भनेर युवाहरुलाई देशमै
श्रम र रोजगार गर्न
हौँसला दिनुहुन्छ
इसाको अन्तिम शताव्दीतिर
सुनसरीको विजपुरमा
किराँतीकै राज्य बसालेको
किरातीको खुद सन्तान हो हर्कराज साम्पाङ

उस्लाई बराह,दन्तकाली,पिण्डेश्वरको
आशिर्वाद विष्णुको पदचाप सँग
एकै चोटी पाएको हो
धरतीको पहिलो धाम बराह–
बुढा सुब्बा र सुब्बेनीको वरदान पाएको
किराँतीको एक्लो सन्तान हर्क दाइ

उसको विचारको बाटोलाई
अचेल हर्कवाद भन्दारहेछन् दुनिया
हुन पनि हो,
हिजो माओले चीनमा
लेनिनले रुसमा वादहरुको निर्माण गरे
आज तेसैलाई माओवाद,लेनिनवाद भन्छन्
साम्राज्यवादीहरुको
रुखका हाँगालाई छास्न निस्केको हो
धर्मवादीहरुको घण्टा हिर्काउन निस्केको हो
मालवादीलाई बाटो चिनाउन हिडेको हो
बाटो त गलत गर्दैस माओजी
माल त श्रममा भेटिन्छ
घरी यता घरी उता फिट्टे जुका जस्तो
जनताको हैसियत न नाप न मालवादी जी!
मैले त सम्झा“को मात्र न हुँ
देश हामी सँग गुहार मागिरहेछ
जनता हामी सँग आशा गरिरहेछन्
“समृद्ध नेपाल,सुखी नेपाली“को
वास्तविक अर्थ….
के उत्तर हामी सँग छ?
उत्तर त प्रत्येक वर्ष लाखौ युवाहरुलाई
पलायन हुनबाट रोकेर
देशमै रोजगार दिनु र देश विकास गर्नुमा छ

वृक्षरोपन गरि युगौ
भविष्यसम्म फल दिनु र पाउनुमा छ
राजाको हलो,गोरु नारेर
भाले बास्दाखेरी
तिम्रा विकासे विरुवाको मुना पो आउनुपर्छ
हसिया र हथौडा श्रममा लगाउनु पर्छ
घाम झुल्किदै गर्दा त
मादल सँग नाचगान पो गर्नुपर्छ
एउटै छाता भित्र पो अडिनुपर्छ
ए..युगौका पूर्खाहरु हो भन्नुहुन्छ ऊ

अनि घरी सोचमग्न हुन्छ
के यो भूमिमा जनतालाई खुसी बाँडदा लिन्छ?
फेरि
सोच्छ…होईन लिनेले लिन्छन्
दिनेले धोका पनि दिन्छन्
लिईरहेको खुसीमा आगो सल्काउँछन्
तर पनि हार..मान्नुहुन्न भन्नुहुन्छ ऊ
घरी देशको आँखामा आँसु बगाउछ
धरानेलाई विकासे फल चखाउछ
र त
जनताको लस्कर आफ्नै रगतमा
हरहमेशा बगाउँछ ऊ
ऊ अर्थात हर्क साम्पाङ
ऊ एक्लो यो युगको कान्छा यलम्बर
तेसैले हर्कवाद जिन्दावाद ।।
मनुहाङ किराँती सोलु, (युमन)खालिङ)


शेयर गर्नुहोस्

अन्य खबरहरु