महिला संघ सोलुले नयाँ वर्षमा वतृत्वकला गर्ने

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाल महिला संघ सोलुले नयाँ वर्षको अवसरमा खुलास्तरीय छात्रा वतृत्वकला गर्ने भएको हो ।
नयाँ वर्ष २०८१ सालको अवसरमा बैशाख ८ गते शनिबार “समाज रुपान्तरणमा महिलाको भुमिका” शीर्षकमा प्रतियोगिता सञ्चालन गर्न लागेको संघले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चहाने विद्यार्थीहरुले बैशाख ७ गते दिउसो १ बजेसम्ममा नाम दर्ता गराइसक्नुपर्ने छ भने सहभागी विद्यार्थीले आफु अध्ययनरत्त शैक्षिक संस्थाको परिचय पत्र पेश गर्नुपर्ने कार्यक्रम संयोजक सरिता राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु १० हजार, द्धितियले ७ हजार, तृतीयले ५ हजार र सान्तवनाले २ हजारको साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

नेपाल महिला संघ सोलुकी अध्यक्ष सरला राईका अनुसार सोही अवसरमा संघको भित्तेपात्रो र शुभकामना आदनप्रदानको कार्यक्रम समेत आयोजना गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु