वैशाख ७ गते साल्पा सिलिचुङ÷सिलिछोमा सुम्निमा पारुहाङको प्रतिमा अनावरण हुने

शेयर गर्नुहोस्

काठमाण्डौ– सुम्निमा–पारुहाङ÷नीनामरीदुम र पारुपाको प्रतिमा सहितको मुन्दुमी÷रीदुम होदुमको पुजाथान र किराँती धामी बिजुवाको प्रतिमा अनावरण गरिने भएको छ । साल्पा सिलिछो गाउँपालिका भोजपुर र साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तराष्ट्रिय समितिको संयुक्त आयोजनामा माबु बजारमा अनावरण गर्न लागिएको हो ।

साल्पा सिलिचुङ÷सिलिछो परियोजना अन्तरगत आगामी बैशाख ६ र ७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पुर्व मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तराष्ट्रिय समितिका अध्यक्ष मुलघरे कान्छाले जानकारी दिए ।

“साल्पा सिलिचुङ÷सिलुछो मुन्दुमको प्राण, पर्यटन विकास हाम्रो अभियान ।” भन्ने नारा सहित यो परियोजना सञ्चालन भईरहेको छ । किराँतीहरुको पवित्र मुन्दुमी, धार्मिक तथा सांस्कृतिक स्थल साल्पा–सिलिचुङ÷सिलिछोलाई जोगाउन संरक्षण प्रवर्द्धन गर्न, साल्पा सिलिचुङ÷सिलिछोमा (सुम्निमा–पारुहाङको प्रतिमा निर्माण) लगायत विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमाहरु (वाबुक÷चिन्डो आकारको गेट) निर्माणसँगै (मुन्दुम संग्रहालय) समेत निर्माण गरेर साल्पा सिलिचुङ÷सिलिछो लाई किरात सांस्कृतिक सम्पदाको रुपमा स्थापना गर्नका लागि सघाउ पु¥याउनका लागि यो कार्यक्रमको आयोजना गरिएको साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तराष्ट्रिय समितिका अध्यक्ष मुलघरे कान्छाले जानकारी दिए । जसका लागि देश विदेशमा आर्थिक संकलन हुने कार्य तीब्र भइरहेको छ । साथै बैशाख १४ गते डिलाईट पार्टि प्यासलेस महालक्ष्मि स्थान ललितपुरमा मुन्धुमी मिथोक संग्रह पुस्तक विमोचन तथा बृहत सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ ।

के हो ? साल्पा–सिलिचुङ:

सिलिछो किराँतीहरुको मुन्दुम अनुसार साल्पा–सिलिचुङ÷सिलिछो पवित्र मुन्दुमी स्थल साथै मुन्दुम मान्ने विश्वभरको किराँतीहरुको निमित्त एक पवित्र किरात धार्मिक तथा सांस्कृतिक स्थल हो । मुन्दुम अनुसार साल्पा सिलिचुङ नै सृष्टिको उत्पत्ति तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको मुन्दुमी जनविश्वास रहेको छ । मुन्दुम अनुसार सर्वप्रथम श्रृष्टिकर्ताहरु सुम्निमा र पारुहाङ यहि सिलिचुङ÷सिलिछोमा नै भेट भएको कारणले सिलिचुङलाई पारुखामको रुपमा आस्था मान्ने गरीएको छ । त्यस्तै मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरू रिकापा–रिभ्यामा, साल्पाहाङ–रिब्रिहाङमा÷रिब्रिमा (साल्पा राजा र साल्पा रानी) जस्ता आदिम किराती पुर्खाहरुको साल्पा सिलिचुङमा नै आदिमथलो तथा बासस्थान रहेको मुन्दुमी जनविश्वास रहेको छ ।

त्यसैले किरातीहरुको सांस्कृतिक नायकहरु मुन्दुमी नछुङ, माङ्पा, नागिरे, कुबी, ज्वाम्चो, मावी, दोवा, पासिङ, वाटाङ्पा, बुङ्पेन्मी, धामी बिजुवाहरु वर्षेनी मुन्दुमी शक्ति आर्जन गर्नको लागी –Mundumif\ Ritual Journey_)मुन्दुमी यात्राको निमित्त साल्पा–सिलिचुङ÷सिलिछो जाने गर्दछन। यस अर्थमा (साल्पासिलिचुङ÷सिलिछो) किरातीहरुको निमित्त हिन्दुहरुको मानसरोवर ताल र कैलाश पर्वत, क्रिस्चियन हरुको जेरुसेलम, मुस्लिम हरुको मक्का–मदिना, बुद्धिस्टहरुको लुम्बिनी भने जस्तै र त्यतिकै महत्वपुर्ण पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल किरात सांस्कृतिक सम्पदा हो ।
काठमाडौंबाट साल्पा जाने मार्गहरु
रुट नं. १ गाडीमा काठमाण्डौ सोलु महाकुलुङ गुदेलसम्म १ दिन, महाकुलुङ गुदेलदेखि ८ घन्टा पैदल यात्रा । जम्मा २ दिनमा साल्पा पुगिने । हवाईमार्ग काठमाण्डौ सोलु फाप्लुमा झरेर फाप्लुदेखि महाकुलुङ गुदेलसम्म गाडीमा ५ घन्टामा पुगिने । महाकुलुङ गुदेलदेखि ८ घण्टामा साल्पा पुगिने ।

रूट नं. २ हवाईमार्ग काठमाण्डौ संखुवासभा तुम्लिङटार झरेर तुम्लिङटारबाट गाडीमा तेन्दो फेदी हुँदै चेक्सिलासम्म १ दिन, चेक्सिलादेखि ३ घण्टा पैदल यात्रा । नेपालको पुर्वी क्षेत्रबाट साल्पा जाने मार्गहरु ः रुट नं. १, गाडीमा धरानदेखि संखुवासभा तुम्लिङटार सम्म ६ घन्टा, तुम्लिङटारदेखि कार्तिके घाटसम्म २ घन्टा, कार्तिकेघाटदेखि फेदी चेक्सिलासम्म ८ घन्टा । र, चेक्सिलादेखि ३ घन्टा पैदल यात्रा । जम्मा २ दिनमा साल्पा पुगिने ।

रुट नं. ३ गाडीमा धरानबाट भोजपुर चखेवा भञ्ज्याङ १ दिन, चखेवा भञ्ज्याङ्देखि मुन्दुम पदमार्ग हुदै २ दिन पैदल यात्रा, जम्मा ३ दिनमा साल्पा पुगिने । रुट नं. ३, गाडीमा धरानदेखि उदयपुर कटारी, घुर्मी हुँदै खोटाङको केपीलासगढीसम्म १ दिन, केपिलासगढी सुङ्देलबाट पुरै १ दिन पैदल यात्रा, जम्मा २ दिनमा साल्पा पुगिने । अनावरण कार्यक्रममा सहभागि जनाउने निम्न सामाग्री जोहो गर्न आवश्यक छ ।

–– l Seeping Bag, Camping Bag, First Aid k|fKt, Torch Light, Thormos Bottle, Trekking Cold Weather


शेयर गर्नुहोस्

अन्य खबरहरु