सिर्जनशिल युवा समाज काँगेल काठ्माडौँ सम्पर्क समिति अध्यक्षमा योग्य प्रसाद राई चयन

शेयर गर्नुहोस्

काड्माडौ– सिरजनशिल युवा समाज काँगेलको काठ्माडौँ सम्पर्क समितिको अध्यक्षमा गोग्य प्रसाद राई चयन हुनुभएको छ । सोमबार काठ्माडौँमा सम्मन्न भेलाले राईको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुदेन राई, सचिव – रोजिना राई र कोषाध्यक्ष सुशिल राईलाई चयन गरिएको हो । यस्तै, समितिको सहसचिव, भुमिका बस्नेत, र सदस्यहरुमा, शुक्रराज राई, सुमित्रा भुजेल, बिरेन्द्र बस्नेत, बिजय राई रहेको समाजले जनाएको छ ।

समाज केन्द्रीय कार्यसमिति सचिव प्रकाश थुलुङ राई र सल्लाहकार समिति सदस्य धन्दिराम राई र हिरे राईको उपस्थितिमा भएको भेलाले सल्लाहाकार समितिमा प्रदिप बाबु राई, नेत्र बहादुर बस्नेत, दिपक राई र मिना बस्नेतलाई चयन गरेको सचिव प्रकाश थुलुङ राईले बताउनुभयो ।

काँगेलबाट काठ्माडौँ आई विभिन्न पेशा व्यावासायमा आबद्ध रहेकाहरुलाई एक जुट गराई समग्र काँगेलको विकास र समृद्धमा लाग्न अभिप्रेरित गर्ने उदेश्यले सम्पर्क समिति गठन गरिएको जनाईएको छ । २०६५ सालमा थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलमा स्थापना गरिएको संस्थाले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु