भोकखोलामा मोटरेबल पुल उद्घाटन, खुम्बुबासी हर्षित

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको माप्यदुधकोशीको भोकखोलामा निर्माण गरिएको मोटरेबलको उद्घाटन गरिएको छ । पालिकाको ३ करोड ३१ लाखको लागतमा वडा नं २ स्थीत भोकखोला निर्माण गरिएको पुलको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

पुलको सोलुखुम्बुको प्रतिनिधिसभा सदस्य मानबीर राई,कोशी प्रदेशका पूर्बमन्त्री तथा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी,माप्य तथा खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षद्वय बुद्धिकिरण राई र मिङमाछिरी शेर्पा तथा नेचासल्यान गाउँपालिकाका पूर्ब अध्यक्ष डुफ कुमार बास्तोला र गाउँपालिका उपाध्यक्ष गौरव राईले संयुक्त रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।माप्य दुधकोशी गाउँपालिकाले चालु र गत आर्थिक वर्षमा बिनियोजन गरेको ३ करोड ३१ लाख रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको पुल निर्माणको काम गत वर्षबाट सुरु भएको थियो ।

पूल निर्माणसँगै खुम्बु आवतजावत गर्न बाह्रै महिना सहज हुने भएको छ । माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको सक्रियतामा निर्माण भएको सो पुल उद्घाटनपछि सवारी आवागमनमा सहज हुने र १२ महिना सवारी हुने र खुम्बु क्षेत्रमा सामाग्रीको मूल्य समेत कम हुने नागरिकहरुले आशा गरेका छन् । पुल उद्घाटनसँग सांसद मानवीर राईले पुल निर्माणले खुम्बुसँग अझ नाता गाँसिएको र यस्ले पर्यटनलाई थप सहज बनाएको र पर्यटन आवागमनमा थप मद्दत पूग्ने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिति तथा प्रदेश सभा सदस्य बुद्धि कुमार राजभण्डारीले आफुले सोचेको भन्दा पनि अति चाँडो निर्माण गरिएको र यस्ले खुम्बुका नागरिकको जिवन यापनमा सहजता हुने बताउदै खुसी व्यक्त गर्दै सधै आफु जनताको हितमा काम गरिरहेको समेत जिकिर गर्नुभयो । यस्तै, गाउँपालिका अध्यक्ष राई आफ्नो निरन्तरको प्रयासले यो पुल समयमा निर्माण गर्नु सफल भएको बताउनुभयो । राईले पूल संचालन पस्चात खुम्बुसँग हरेक तवरले नजिक भएको र यस्ले खुम्बुसँगको सम्बन्ध झन बढ्ने बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु