खालिङ कलाकार सघंको अध्यक्षमा पूर्ण खालिङ

शेयर गर्नुहोस्

काठमाडौँ– किरात खालिङ कलाकार सङ्घको अध्यक्षमा पूर्ण खालिङ चयन भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न प्रथम अधिवेशनबाट खालिङको नेतृत्वमा १५ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा अञ्जना खालिङ, सचिव जेनी खालिङ, सह–सचिवमा रमेश खालिङ, कोषाध्यक्ष मनीषा खालिङ र सह–कोषाध्यक्ष कुविरधन खालिङलाई चयन गरिएको छ । त्यस्तै, सदस्यहरूमा जिम्बे खालिङ, हेमन्त खालिङ, उर्मिला खालिङ, मिलन खालिङ, छविमाया खालिङ, रुद्र खालिङ, राजकुमार खालिङ, धन खालिङ र कृष्णश्वर खालिङ चयन भएका छन् ।

अधिवेशनमा किरात खालिङ राई उत्थान सङ्घको केन्द्रीय अध्यक्ष सीता कुमारी खालिङको प्रमुख आतिथ्यता, किरात खालिङ राई उत्थान संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष बल बहादुर खालिङ, द्वितीय उपाध्यक्ष तिलक खालिङको विशेष आतिथ्यता रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु