खुम्बुमा कोरियन नागरिकको मृत्यु

शेयर गर्नुहोस्

सोलुखुम्बु– आइलम्पिक हिमाल आरोहण गरेर फर्कने क्रममा एक कोरियाली नागरिकको मृत्यु भएको छ।

आरोहण गरी फर्कीदै गर्दा खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ मा गत सोमवार बाटो हिड्ने क्रममा चिप्लिएर करिव २ सय मिटर तल झर्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक राम शाहले जानकारी दिनुयो ।

४७ वर्षीय ह्युनसियलको ज्यान गएको जिल्ला प्रहरी सोलुखुम्बुले जनाएको छ । ईलाका प्रहरी नाम्चेको टोलीले मृतकको शवलाई हेलिकम्पटर मार्फत लुक्ला ल्याएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु