हाक्ति हाक्ति संस्थाद्वारा सोलुकी शारदा पुरस्कृत

शेयर गर्नुहोस्

सोलुखुम्बुु– महिला सशक्तिकरण, उद्यमसिलताको क्षेत्रमा काम गर्दै आएको हात्ति हात्ति नेपालद्धारा सोलुका शारदा माया तामाङ पुरस्कृत हुनुभएको छ ।

११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सोलुदुधकुण्ड नगरपालिका वडा नबर ४ की शारदा माया तामाङ पुरस्कृत हुनुभएको हो । दिवसको अवसरपारी देशभरका महिला उद्यमीहरुको नाम संकलन गरि सुची तयारगरि उत्कृष्ट उद्यमी महिलाहरुलाई सम्मान गरिएको थियो ।

उत्कृष्ट भएका महिलालाई काठ्माडौमा भएको एक कार्यक्रमकाबीच उप सभामुख ईन्दिरा राना मगरले अवार्ड प्रदान गर्नुभएको हो । तामाङ कोशी प्रदेशकै सम्मानित हुने पहिलो महिला उद्यमी हुनभएको छ । बिगत १० वर्षदेखि प्रत्येक वर्ष विभिन्न जिल्लाका निम्न आएभएका महिलाहरुलाई सिलाई बुनाई सम्बन्धी सिपसिकाउँदै आएको सस्थाका अध्यक्ष श्रेया सिग्देलले जानकारी दिनुभयो ।

अध्यक्ष सिग्देलका अनुसार संस्थाले गर्दै आएको कार्यक्रममा महिला उद्यमीहरुलाई पुरस्कृत पहिलो पटक गरिएको हो । पुरस्कृत हुनुभएकी तामाङले सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुमा रेगन बेकरी संचालन गर्दै आएको छ । यस्तै, उहाँ महिला उद्यमी संघको जिल्ला अध्यक्ष समेत रहनुभएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु