प्रथम सोलुखुम्बु कोशी प्रदेश स्तरिय भलिबल प्रतियोगता सुरु

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बुमा प्रथम कोशी प्रदेश स्तरिय पुरुष खुला भलिबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रि युवा संघ नेपाल सोलुखुम्बुको आयोनामा बुधबारबाट सल्लेरीमा सुरु भएको प्रतियोगितामा सोलुखुम्बु लगाएत ओखलढुङ्गा खोटाङका गरि ८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

जिल्ला समन्वय समितिको प्राङ्गणमा सुरुभएको प्रतियोगिताका उद्घाटन प्रतिनीधि सभा सदस्य मानवीर राई, पूर्व मन्त्री तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले गर्नुभएको थियो । युवाहरुलाई व्यवसायिक खेलकुदमा लाग्न प्रेरित गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको युवा संघका अध्यक्ष प्रवेश किरातीले बताउनुभयो ।

फागुन २६ गते सम्म संचालन हुने प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमले २ लाख, १ लाख ५० हजार, १ लाख र ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

संघका अध्यक्ष प्रवेश किरातीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौला, पार्टीका प्रमुख तथा प्रतिनीधि, संघ संस्थाका प्रतिनीधि भात्री संघसंगठनका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो । फागुन २६ गते सम्पन्न हुने प्रतियोगिता लिकमको आधारमा संचालन हुने छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु