सोलुः कारागारको क्षेमता भन्दा ४ गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा चुनौती

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्ला कारागार सोलुखुम्बुमा क्षेमता भन्दा ४ गुणा कैदीबन्दी बढीहुँदा व्यवस्थापनमा समस्या भएको छ । सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीमा रहेको कारागारमा ५ महिला र २० पुरुष गरी जम्मा २५ जना क्षमता रहेकोमा हाल १०० जना पुगेकाले हो ।

भवनको क्षेमता भन्दा कैदी बन्दीको संख्या चारगुणा बढी हुँदा व्यबस्थापनमा समस्या भएको कार्यालय प्रमुख केशव दामीले बताउनुभयो । उहाँका अनुसार क्षमता भन्दा बढी कैदीबन्दी हुँदा उपलब्ध गर्नुपर्ने सेवा दिननसक्दा सम्हाल्न गारो हुनेगरेको छ ।अहिले कारागारमा ८९ जना पुरुष र महिला ११ जना रहेका छन् ।

जसमा पुरुष ६५ जना, महिला ९ कैदी र पुरुष २४, महिला २ जना बन्दीमा रहेका रहेको कार्यालयको तथ्याङ्क छ । कैदीहरु दिनानुदिन बड्दै भएकाले व्यवस्थापनमा चुनौती बढ्दै गएको र व्यवस्थापनका लागि सम्बन्धीत निकायहरुलाई पहल कदमीको लागि अनुरोध गरेपनि वास्ता नगरेको कार्यालयको गुनासो छ ।

यता महिला कैदीबन्दिहरुका लागि भने चारकोठे नयाँ भवन बन्दै गरेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु