नेपाल मगर संघ सोलुखुम्बुको जिल्ला अध्यक्षमा बुद्धि र सचिवमा रस्विन मगर चयन

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाल मगर संघ जिल्ला कार्यसमिति सोलुखुम्बुको अध्यक्षमा बुद्धि बहादुर मगर चयन भएका छन् । सल्लेरीमा आज सम्पन्न समितिको छैटौँ जिल्ला भेलाबाट मगरको अध्यक्षता ३३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।

समितिको बरिष्ट उपाध्यक्षमा भैराज राना मगर, उपाध्यक्षमा राज कुमार श्रीस मगर, सचिव रस्विन खप्तरी मगरलाई चयन गरिएको छ । यस्तै, सह सचिवमा गोबिन्द खप्तरी मगर र कोषाध्यक्षमा याम बहादुर बुढाथोकि मगर चयन भएका छन् ।

नगेन्द्र रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर सङ्घ एक नम्बर प्रदेश समिति सदस्य महेश राना मगरको प्रमुख आतिथ्यता तथा जिल्ला भरका मगरहरुको उपस्थिति रहेको थियो । मगर समुदायको छाता संगठनको रुपमा रहेको संघले आफ्नो कला, धर्म, संस्कृति र जातिय पहिचानको सवालमा काम गर्दै आएको छ ।

साथै, सोही भेलाले नरेन्द्र थापामगरको संयोजकत्वमा १४ सदस्यीय सल्लाहकार समिति र नेपाल मगर बौद्ध सेवा समाज जिल्ला समिति सोलुखुम्बु दल बहादुर रानामगरको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको सचिव रस्विन मगरले बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु