SATHI ले सोलुदुधकुण्डका ८९ विद्यार्थीलाई ‘ड्रेस र ज्याकेट’ वितरण

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा रहेका तीन विद्यालयका ८९ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक र न्यानो ज्याकेट बितरण गरिएको छ ।

Sherpa Aid Throughout Himalays Founder Thile lama sherpa -SATHI_ नामक गैरसरकारी संस्थाले वितरण गरेको हो । चिवाङ आधारभूत विद्यालय सुर्के, रमाइलो ज्योति आधारभूत विद्यालय जैदु र सरस्वती आधारभूत विद्यालय कुनिखोपका बिद्यार्थीलाई सोलुदुकण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङको उपस्थितिमा विद्यालय पोशाक र न्यानो ज्याकेट बितरण गरिएको चिवाङका प्रधानाध्यापक गीता कार्कीले जानकारी दिनुभयो ।

यस्तै, संस्थाले विद्यालयमा अध्यपन गराउँदै आएका तीनै विद्यालयका १४ जना शिक्षकहरूलाई पनि ज्याकेट वितरण गरिएको उहाँले बताउनुभयो।सामाग्री वितरणपछि उप मेयर तामाङले संस्थाप्रति आभार व्यक्त गर्दै दातृसंस्थाहरुको सहयोग अतुलनिय रहेको र शैक्षिक क्षेत्रमा पु¥याएको सहयोगले विद्यार्थीहरूलाई विद्यालय जान प्रेरित गर्नेगरेको बताउनुभयो। सामुदायिक विद्यालयमा विभिन्न परिवेशका विद्यार्थी अध्ययन गर्ने भएकाले अभिभावकलाई समेत यस्ता सहयोगले सहज हुने उहाँको भनाइ छ ।

विगत लामो समयदेखि शैक्षिक गुणस्तरका लागि उक्त विद्यालयलाई विभिन्न किसिमका सहयोग गर्दै आउनुभएको संस्थाका प्रमुख ठिले लामा शेर्पा चिवाङ विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका छन् । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष युबास तामाङ लगायतको उपस्थिति रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु