व्याडमिन्टन सम्बन्धि एक महिने आधारभूत तालिम सक्कियो

शेयर गर्नुहोस्

सोलुखुम्बु– सल्लेरीमा एक महिने आधारभूत व्याडमिन्टन तालिम सम्पन्न भएको छ । सोलुखुम्बु जिल्ला व्याडमिन्टन संघको आयोजनामा माघ १३ बाट सुरु भएको तालिम आज सल्लेरीको कबडहलमा समापन गरिएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ संचालन गरिएको तालिममा जिल्ला भित्रका ५ देखि २० वर्ष सम्मका २५ जना छात्र तथा छात्राहरुले सहभागिता जनाएका थिए ।सहभागिहरुलाई व्याडमिन्टन खेल खेल्दा अपनाउनुपर्ने आधारभूत ज्ञान सिप शिकाइएको थियो ।

तालिम सोलुखुम्बु जिल्ला व्याडमिन्टन संघका सचिब अर्जन श्रेष्ठले प्रशिक्षण गुर्नभएको थियो । तालिममा प्रशिक्षार्थीहरुलाई खेल सम्बन्धिका कुरा, नियम, खेलमैदाको बनोट, खेलखेल्दा अपनाउने प्राविधिक ज्ञान, टेक्नीक लगाएतका कुरा प्रशिक्षण गरिएको प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धिमाया तामाङले देशलाई विश्वमा चिनाउन र देश विकासमा खेलकुदको भुमिका ठूलो बताउनुभयो । त्यस्तै, उहाँले मानिस स्वस्थ हुनको लागि शारिरीक व्यायम अति आवश्यक पर्ने र त्यस्को लागि व्याडमिन्टन खेल अति उपयोगि हुने बताउनुभयो । यस्तै, जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र थापा मगरले व्याडमिन्टन खेल पछिल्लो समय जिल्लामा निकैको रोजाईमा पर्दै आएको बताउनुभयो ।

यो खेल जुनसकै उमेर समूहले पनि खेल्न सक्ने र स्वास्थ्यका लागि पनि उतिकै राम्रो हुने रहेको उहाँले बताउनुभयो । साथै उहाँले यो खेलका विकास र विस्तारका लागि आफु सँधै सकरात्मक रहेको बताउनुभयो । कार्यक्रमका सभापति जिल्ला व्याडमिन्टन संघ उपाध्यक्ष तथा सोलुदुधकुण्ड नगरपालिका ५ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले व्याडमिन्टन खेल विश्वभर चर्चित खेलभएको र यो पछिल्लो समय सोलुखुम्बु जिल्लामा पनि अधिकांस मानिसको मनमा बस्न थालेको बताउनुभयो । साथै उहाँले जिल्लामा व्याडमिन्टन खेललाई मनोरन्जनको रुपमा मात्र नभई यसलाई व्यावसायिक तवरले नै विकास गर्नुपर्ने भएको र यो तालिमले खेलमा चासो दिनेहरुलाई टेवा पुगेको बताउनुभयो ।

सोलुदुधकुण्ड नगरपालिका ५ मा रहेको कबडहलमा सम्पन्न कार्यक्रममा तालिममा सहभागिहरुबीच उमेर गतरुपमा आन्तरिक प्रतिस्पर्धा गराई उत्कृष्टहरुलाई पुरस्कृत तथा सम्मान समेत गरिएको थियो । निशुल्क तालिम लिनुपाउँदा आफुहरुमा थप हौसला र उर्जा मिलेको तालिममा सहभागि प्रशिक्षार्थी रेविका राईले बताउनुभयो ।

कार्यक्रममा जिल्ला व्याडमिन्टन संघका पदाधिकारी, जनप्रतिनीधी, विभिन्न संघ संस्थाका प्रतिनीधी तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु