पहिचानवादीको आन्दोलन आगोको झिल्को हो, संयोजक किराती

शेयर गर्नुहोस्

सोलुखुम्बु– पहिचानवादीको आन्दोलन आगोको एक झिल्को भएको संयुक्त संघर्स समिति संयोजक राम संघर्स किरातीले बताउनुभयो । कोसी प्रदेश नामाकंन भएको एक वर्ष पुगेको दिन बिहीबार सल्लेरीमा प्रदेश नम्बर १ पूनः नामाकरण संघर्स समितिले गरेको विरोध सभामा सोलुखुम्बु संयोजक किराती यस्तो बताउनुभएको हो ।

सरकारले पहिचानपक्षधरहरूको मुद्धालाई उपेक्षा गरेको र आदिवासी जनजातिको पहिचान नामेट पार्ने काम गरेकाले आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने संयोजक किरातीले बताउनुभयो । २०७९ फागुन १७ गते प्रदेश नम्बर १ को नाम कोसी प्रदेश नामाकंन गरिएको भन्दै त्यसलाई कालो दिनको संज्ञा दिँदै विरोध प्रदर्शन गरेका हुन् ।

पहिचानको आधारमा कोसी प्रदेशलाई पुनः नामाकंन गर्नु पर्ने माग राख्दै प्रदेश नं. १ पुनः नामाङकरण संयुक्त संघर्स समिति सोलुखुम्बुले प्रदर्शन गरेको हो ।

सल्लेरीको आवाडाँडा कुनाबाट सूरुभएको जुलुस तीनकुने हुँदै बसन्तबजार पुगेर जिल्ला प्रशासन कार्यालयको गेटमा कोणसभामा परिणत भएको थियो ।

कालो झण्डा र नो कोशी लेखिएको प्लेकार्डसहित निकालिएको ¥यालिमा सहभागी प्रदर्शनकारीले पहिचानविरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गरलगायतका नारा लगाउँदै सल्लेरी बजार परिक्रमा गरेको थियो ।

प्रदर्शनमा नेपाल आदिवासी जनजाति महासंघ तथा जिल्लाका विभिन्न जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु