देउसा रनेममा ग्रामिण स्वास्थ्य इकाई स्थापना गरिने

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले वडा नं. ८ देउसा रनेममा ग्रामिण स्वास्थ्य इकाई स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आइतबार सम्पन्न कार्यपालिका बैठकले रनेममा ग्रामिण स्वास्थ्य इकाई संचालन गर्ने निर्णय गरेको हो।

वडा ८ का अध्यक्ष राजेश किरातीका अनुसार वडाको रनेम, दिप्ली तथा अम्रास क्षेत्रका नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्य इकाई संचालन गर्ने निर्णय गरिएको हो ।

तत्काललाई वडा नं. ८ को बुढीडाँडा स्थित बर्थिङ सेन्टरमा कार्यरत करार सेवाका कर्मचारीलाई स्वास्थ्य इकाईमा कामकाजका लागि खटाउने निर्णय गरिएको छ।


शेयर गर्नुहोस्

अन्य खबरहरु