यमुना राई बनिन् उत्कृष्ट महिला कृषक

शेयर गर्नुहोस्

खोटाङ– केपिलासगढी गाउँपालिकामा सम्पन्न बृहत कृषि प्रदर्शनीमा यमुना राई उत्कृष्ट महिला कृषक बनेका छन् । ‘प्राङ्गगरिक खेती कृषकको शान, व्यवसायिक कृषकलाई हाम्रो सम्मान’ भन्ने मूल नाराका साथ माघ ३ र ४ गते जिफाउन्डेसन र केपिलासगढी गाउँपालिकाको आर्थिक, प्रविधिक तथा सिर्जनसिल भरिया समाज राखाबाङ्देल साथै केपिलासगढीले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनीमा राई उत्कृष्ट बनेका हुन् ।

केपीलासगढी गाउँपालिका ७ सुङ्गदेल निवासी राईले विभिन्न ५ बिधामा उत्कृष्ट स्थान हासिल गरेकी थिइन् । प्रदर्शनीमा पालिका भरका १४० जनाको कृषकहरुको सहभागीता रहेको थियो । विभिन्न ३० विधाका तरकारी तथा बालिको प्रतिष्पर्धामा राईले ५ बिधामा प्रथम हुन सफल भएकी थिइन् । ४२ वर्षिया राईले आलु, बन्दा, खुर्सानी र अलैचीमा विजेता बन्दै उत्कृष्ट महिला कृषक बन्न सफल भएकी हुन् ।

उत्कृष्ट राईलाई पालिका उपाध्यक्ष गुरुराज राई, सिर्जनसिल भरिया समाजका अध्यक्ष निरन्जना राई र जिफाउन्डेसनका फिल्डसमन्वय अधिकृत जिवनाथ तिम्सिनाले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृत राईले खुसी व्यक्त गर्दै सबै कृषकहरुलाई प्राङ्गगरिक खेती गर्न र व्यवसायिक बन्न पनि आग्रह गर्नुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु