कोशीबाट यु १९ साफ महिला खेलाडी छनौटमा सोलुका ३ जना

शेयर गर्नुहोस्

सोलुखुम्बु– साफ यु. १९ को प्रदेश स्तरिय खेलाडी छनौटमा सोलुखुम्बु जिल्लाबाट ३ जना खेलाडी परेका छन् ।

२०२४ मा हुने साफ यु.१९ महिला च्याम्पियनसीपमा सहभागिता बन्न नेपाली राष्ट्रिय महिदा टिम तयारीका लागि कोशी प्रदेशबाट सोलुखुम्बुका ३ जना खेलाडी छनौट भएका हुन । छनौटमा पर्नेहरुमा रायल राई, रेनुका बुढाथोकी मगर र अस्मिता वि क रहेका छन् ।

प्रत्यक जिल्लाबाट छनौटमा परेकाहरुको माघ १८ गतेबाट केन्द्रिय स्तरबाट छनौट गरिने जनाइएको छ ।
छनौटमा परेकाहरु सोलुदुधकुण्ड युथ क्लव सल्लेरीका सदस्य तथा फुटबल प्रशिक्षार्थीहरु हुन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु