माप्य दुधकोशीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, काँकु मा.वि.प्रथम

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको माप्य दुधकोशी गाउँपालिका १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० भब्य रुपमा सम्पन्न गरेको छ ।
पौष १३ गते देखि १६ गते सम्म सञ्चालन भएको राष्ट्रपती शिल्ड प्रतियोगिताको पाँचौ संस्करणको उपाधि काँकु माध्यमिक विद्यालयले हात पारेको छ । सोमबार सम्पन्न प्रतियोगितामा २० स्वर्ण, १२ रजत, १४ कास्य गरि कुल ४६ पदक प्राप्त गर्दै काँकु माध्यमिक विद्यालय प्रथम भएको हो ।

वडा नम्बर ४ कोर्कुमा स्थीत रंगसालामा संचालनभएको प्रतियोगितामा ११ स्वर्ण, १२ रजत,१९ काष्य पदक हात पार्दै हिमालयन मा वि बासा द्वितीय र ९ स्वर्ण, ९ रजत र ७ कांस्य पदक प्राप्त गर्दै हिमालयन मा वि हाकुला तृतीय हुन सफल भएका छन् । त्यस्तै ६ स्वर्ण, ८ रजत र ६ कांस्य पदक जित्दै बासाखाली मा.विले सानत्वना स्थान हात पारेको छ ।

प्रतियोगिताको समापनमा प्रथम,द्धितिय, तृतिय र सान्त्वना हुने विद्यालयलाई नगद सहिद, शिल्ड, मेडल र प्रमाणपत्र प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बुद्धि किरण राई र उपाध्यष गौरब राईले प्रदान गर्नुभएको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु