घरेलु तथा साना उद्योग कार्यालयद्धारा १ महिनामा २ लाख बढी राजस्व सङ्कलन

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयले एकै महिनामा २ लाख बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको मंसिर महिनामा मात्रै कार्यालयले २ लाख ३३ हजार रुपैँया राजस्व सङ्कलन गरेको हो ।
कार्यालयको तथ्याङ्क अनुसार मंसिर महिनामा मात्र १४ वटा फर्म दर्ता भएका छन् भने ४६ वटा फर्म नविकरण भएका छन् । यस महिनामा ३ फर्म खारेज भएका छन् ।

जसमा उद्योगतर्फ ९ फर्म दर्ता, ४० वटा फर्म नविकरण र १ फर्म खारेज भएको छ भने वाणिज्यतर्फ ५ फर्म दर्ता, ६ फर्म नविकरण र २ फर्म खारेज भएको घरेलु तथा साना उद्योग कार्यालयका सोलुखुम्बुका कार्यलय प्रमुख संगिता राईले जानकारी दिनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु