उपत्यकाव्यापी चित्रकला प्रतियोगिता सम्पन्न

शेयर गर्नुहोस्

काठ्माडौं– बानेश्वरस्थित एम्बिसन एकेडेमीले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार सम्पन्न उपत्यकास्तरीय चित्रकला प्रतियोगितामा उपत्यकाका १४ ओटा विद्यालयका ५४ विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

विद्यालयको आफ्नै प्राङ्गणमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा कक्षा चारदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कक्षा ४ देखि कक्षा ६ सम्मका विद्यार्थीहरूलाई जुनियर समूह र कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई सिनयिर समूहमा राखेर प्रतियोगिता सम्पन्न गरिएको थियो ।
वरिष्ठ चित्रकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति के.के. कर्माचार्यको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा वरिष्ठ चित्रकार तथा ललितकला क्याम्पसका उपप्राध्यापक राधेश्याम मुल्मी र आर्ट बुमका सभापति युवा चित्रकार रत्न शाक्यले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।

यस प्रतियोगितामा जुनियर तर्पm नेक्सस इन्टरनेस्नल एकेडेमीका कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरू आदित्य ठाकुर र प्रिती महतोले क्रमशः प्रथम र द्वितीय तथा माउन्ट ओलिभ सेकेन्डरी स्कुलको कक्षा ४ की छात्रा कृतिका श्रेष्ठले तृतीय पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी वेदिक स्कुल र ओमज्ञान मन्दिरका कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरू क्रमशः सेलिना भण्डारी तथा विभाना कटुवालले प्रोत्साहन पुरस्कार हात पारेका थिए ।

सिनयिर समूह तर्पm भने माउन्ट ओलिभ सेकेन्डरी स्कुलको कक्षा १० मा अध्ययनरत छात्रा शुभेक्षा महर्जन प्रथम, ऋतम्भरा पाठशालाको कक्षा ९ मा अध्ययनरत छात्रा सिम्रन श्रेष्ठ द्वितीय, पद्मचक्र स्कुलको कक्षा ८ मा अध्ययनरत छात्र सुलभ घिमिरे तृतीय भएका थिए भने ओम ज्ञान मन्दिरका कक्षा ९ की छात्रा आकृति यादव तथा नेक्सस इन्टरनेस्नल एकेडेमीका कक्षा ७ की छात्रा सुबिया ढकालले प्रोत्साहन पुरस्कार पाप्त गरेका थिए । उक्त प्रतियोगितामा आयोजक विद्यालय भने प्रतियोगीका रूपमा सहभागी थिएन ।
विद्यालयका इन्चार्ज खगेन्द्रप्रसाद नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयकै शिक्षक गोविन्द पाण्डेयले गर्नुभएको थियो भने संयोजन विद्यालयका आर्ट शिक्षक राजु पिठाकोटेले गर्नुभएको थियो । सहभागी तथा पुरस्कृत प्रतिभाहरूलाई प्रमुख अतिथि तथा विशिष्ठ अतिथिले सहभागिताको प्रमाण पत्र तथा ट्रफी प्रदान गर्नुभएको थियो ।
प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरूलाई एम्विसन एकेडेमी नेटवर्कका डिरेक्टर देवी घिमिरे र कार्यक्रमका सभापतिले संयुक्त रूपमा मायाको चिनो प्रदान गर्नुभएको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु