सोलुखुम्बुमा ४ कोठे महिला कारागारको शिल्यान्यास

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्ला कारागार सल्लेरीको महिला कारागारको शिल्यान्यास गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीमा रहेको कारागारमा महिला कैदी बन्दिहरुका लागि निर्माण गर्नुलागिएको भवनको आईतबार प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले गर्नुभएको हो ।

भवन चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा निर्माणको गरिसक्ने गरि आईस्का निमार्ण सेवा ओखलढुंगालले पाएको छ । निर्माण कम्पनीका प्रमुख सोचन श्रेष्टले निर्माण कार्य द्रुत गतिमा गर्ने र तोकिएको समयभित्रमा सम्पन्न गर्ने बताउनुभयो ।
सधन शहरी तथा भवन निर्माण आयोजनामा मार्फत ८९,लाख ७३ हजार, ५७२ रुपैँया १६ पैसामा निर्माण हुन लागेको हो । निर्माण कम्पनीका फिल्ड सुपर भाईजर विराज थापाका अनुसार भवन आरसिसि चार कोठा कम्पाउण्ड सहित बन्ने छ ।

हाल जिल्ला कारागारमा ७९ जना पूरुष र महिला ११ जनागरि जम्मा ९० जना कैदि बन्दी रहेको कारागार प्रमुख केशव बहादुर धामीले बताउनुभयो । कारागारको क्षेमता भन्दा बढि कैदी बन्दि भएको र यसलाई व्यावस्थापनमा निकै चुनौती रहेको र अव भवन थप भएपछि सहज हुने प्रमुख धामीले बताउनुभयो ।

यस्तै, प्रमुख जिल्ला अधिकारी पाण्डेले निर्माण कम्पनीलाई तोकिएको समय भित्र सरकारी माप्दण्ड अनुसार सम्पन्न गर्न आग्रह गर्नुभयो । शिल्यान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, जिल्ला प्रहरी कार्यालयका प्रमुख(डिएसपी) दिपक श्रेष्ट, लगाएत सुरक्षा निकायका प्रमुख लगाएको उपस्थिती रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु