थुलुङ दुधकोशी– ७ देउसाको नवनिर्मित प्रसूति भवनको उद्घाटन

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा प्रसूति गृहको उद्घाटन गरिएको छ । आज आइतबार गाउँपालिका प्रमुख असिम राई र उपप्रमुख सविता राईले नवनिर्मित प्रसूति भवनको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष असिम राईले वडाबासीलाई बधाई दिदै छोटो समयमा भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । नागरिकको स्वास्थ्य प्रति आफुहरु सचेत रहेको बताउँनुभयो ।पालिकाको विकासमा आफुहरु निरन्तर लागिपरेको बताउदै उहाँले अब जुबुमा पनि नागरिको सहजताका लागि अस्पताल निर्माण गर्ने लक्षमा रहेको र चाँडै निर्माणको काम अधि बढाउने पनि बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष सविता राईले वडा नम्बर ७ मा वर्थिङ सेवा सुरु भएकोमा बधाई दिदै थप सेवा विस्तारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको भन्दै गाउँको विकासमा सब नागरिकको सकरात्मक सोचले भएमात्र सफल हुने बताउनुभयो ।

थुलुङ दुधकोशी गाउँकार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक बुद्धिराज राईले विकास निर्माणमा राजनिती होइन सहमति र सहकार्य गरेर अघि बढेको खण्डमा मात्र बिकास सम्भव हुने र वडा ७ ले पनि यो कुरा अवलम्बन गरेको बताउनुभयो । यस्तै, निवर्तमान वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्र थुलुङदुधकोशी गाउँपार्टी समितिका अध्यक्ष रामसंघर्ष किराँतीले माओवादीले नेतृत्व गरेको वडा तह देखि गाउँपालिका सम्मको विकास निर्माणका कार्यहरु जनपक्षिय र दुरगामी महत्वको भएको बताउँनुभयो ।

वडा नम्बर ७ का वडा अध्यक्ष, सामुदायिक स्वास्थ्य इकाई व्यावस्थापन समिति संयोजक तथा पालिका प्रवक्ता भोजराज कार्कीले सबैलाई धन्यवाद दिदै वडाको विकासमा एकजुट हुन आग्रह गर्नुभयो । बिकासमा राजनिती होइन राजनितीमा विकास गर्नुपनि आग्रह गर्नुभयो । वडाका नागरिकको जनचाहना र सझाव अनुसारनै आफहरुले काम गरिरहेको र आगामी दिनमा पनि सम्पूर्णको साथ सहयोगको अपिल पनि गर्नुभयो । अध्यक्ष कार्कीले भवन निर्माणको आयव्याय पनि कार्यक्रमकै बीच सार्वजनिक गर्नुभएको थियो ।

गाउँपालिकाको रु.३५ लाखको बजेटमा ४ काठे भवन निर्माण गरिएको अध्याक्ष कार्कीले बताउनुभयो । उद्घाटनसँगै केन्द्र आजैबाट संचालनमा आएको छ । साथै निर्माण सम्बन्धि आयव्याय समेत सार्वजनिक गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु