सोलुखुम्बुमा तीन वटा स्काभेटरमा आगजनीको आरोपमा ५ पक्राउ

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बुमा ३ वटा स्काभेटरमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका ५ का सुबाश राई र एक जना नाबालक, थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दिप राई रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार एकराज र हेमन्तलाई गत असार ५ गते थुलुङ दुधकोशी गाउँपालिका ५ जुबुमा पाकिङ गरेको अवस्थामा रहेको बा।२।क।४८७८ नम्बरको स्काभेटरमा आगजनी गरेको आरोप छ । यस्तै एकराज, सन्दिप, एक नाबालक र सुबाश विरुद्ध गत साउन ४ गते थुलुङ दुधकोशी गाउँपालिका ५ मा पार्किङ गरिराखेको बा। २ क ९१२१ नम्बरको स्काभेटरमा आगजनी गरेको आरोप छ । एकाराज, सन्दिप, नाबालक र एक नाबालकलाई मंसिर ३ गते थुलुङ दुधकोशी गाउँपालिका ५ मै पार्किङमा रहेको प्रदेश–३–०१।००३ क ६५४४ नम्बरको स्काभेटरमा आगजनीको आरोप लागेको छ । उनीहरु मध्ये एकराज र सन्दिप मंसिर ११ गते, हेमन्त मंसिर १७ गते, सुबाश र एक नाबालक मंसिर २० गते पक्राउ परेको प्रहरी निरीक्षक शाहले बताउनुभयो । जसमा सन्दिप र सुबाश रामेछापबाट पक्राउ परेका हुन् भने अन्यलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

तीन वटै घटनामा एकाराज राई संलग्न देखिएको छ भने दुई वटा घटनामा सन्दिप र नाबालकको संलग्नता देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुले अपराध स्विकार गरिसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनामा संलग्न एक जना फरार रहेको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध अपराधिक उपद्रो शिर्षकमा मुद्धा चलेको छ ।

हाईड्रोपावरको काममा प्रयोग भएको उक्त स्काभेटर मध्ये बा। २ क ९१२१ नम्बरको राम बहादुर राईको र अन्य दुई वटा प्रकाश राईको रहेको बताइएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु