आँखा सम्बन्धि ७७ जना शिक्षक तथा स्वास्थ्यकर्मीलाई तालिम प्रदान

शेयर गर्नुहोस्

सोलुखुम्बु– सामुदायिक आँखा केन्द्र फाप्लु र तिलगंगा आंँखा प्रतिष्ठानको आयोजना तथा हिमालयन क्याटर्याक्ट प्रोजेक्टको सहयोगमा फाप्लुमा शिक्षक र स्वास्थ्यकर्मीहरूलाई आधारभूत आंँखा उपचार तालिम दिइएको छ ।

सोलुदुधकुण्ड नगरपालिका शिक्षा शाखाको समन्वयमा नगरपालिकाभित्र रहेका प्रत्येक विद्यालयहरूका एक एक जना शिक्षकहरुको सहभागितामा जम्मा ५८ शिक्षकहरूलाई एक दिने आधारभूत आंँखा उपचार तालिम प्रदान गरिएको हो । विद्यार्थीहरुलाई पठन पाठनमा सहज होस भन्ने ध्ययले विद्यार्थीहरूको दृष्टि जाँच गरि चश्मा प्रयोग गर्नुपर्ने विद्यार्थी पहिचान गरि आँखा केन्द्र सम्म समयमै पु¥याउन सहजीकरणका लागि शिक्षकहरूलाई तालिम दिइएको सामुदायिक आँखा केन्द्र फाप्लुका आंँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले जानकारी दिनुभयो ।

तालिमबाट आँखा सम्बन्धी धेरै कुराको जानकारी प्राप्त भएको सहभागीहरूले बताए । त्यस्तै, स्वास्थ्य कार्यालय सोलुखुम्बुको समन्वयमा सोलुखुम्बु जिल्लाभरीका विभिन्न स्वास्थ्य संस्थाबाट १९ जना स्वास्थ्यकर्मीहरूलाई २ दिने आधारभूत आंँखा उपचार तालिम प्रदान गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका आंँखा सम्बन्धी समस्या भएकाहरुको पहिचान गरि सामुदायिक आँखा केन्द्र फाप्लुमा थप उपचारका लागि रिफर गर्न तालिम प्रदान गरिएको जनाइएको छ ।

तालिमको सहजीकरण तिलगंगा आंँखा प्रतिष्ठानका नविन राजवंशी, हस्त बहादुर राईलगायतले गर्नुभएको थियो। सहभागीहरु सकृयता पूर्वक तालिममा उपस्थित सामुदायिक आँखा केन्द्र फाप्लुका इन्चार्ज विधान ताम्रकारले बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु