रोटरी क्लवको सहयोगमा सोलुखुम्बुको काँगेलमा वर्थिङ सेन्टर उद्घाटन

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बुको काँगेलमा बर्थिङ्ग सेन्टर उद्घाटन गरिएको छ । रोटरी क्लव काठ्माडौं दरबारमार्ग र रोटरी क्लव सल्लेरीको समन्वयमा तयार गरिएको सेन्टरको मंलबार थुलुङ दुधकोशी गाउँपालिका प्रमुख असिम राई र रोटरी क्लव रिजमण्डका सदस्य इजावेल आरमरले संयुक्तरुपमा गर्नुभएको हो ।

रोटरी क्लव अफ वार्लियन, रोटरी क्लव अफ रिजमण्ड र रोटरी क्लव अफ वेलरीन नर्थको १२ लाख ८० हजार आर्थिक सहयोगमा सेन्टरलाई आवश्यक सम्पूर्ण सामाग्रीहरु तयार गरिएको रोटरी क्लव सल्लेरीका सदस्य धन्दीराम राईले बताउनुभयो ।सुत्केरी गराउन आवश्यक सामाग्री अल्ट्रा साउन्ड मेसिन, अक्टोक्लाव मेसिन, अक्सिजन सेट, पेरी लाइट, डिलिभरि सेट, बेड स्क्रीन, बेबी वार्मर लगाएतका अन्य आवश्यक उपकरण उपलब्ध गराईएको छ ।


सेन्टर उद्घाटनको क्रममा गाउँपालिका प्रमुख राईले सहयोगी संस्थालाई धन्यवाद दिदै गाउँको विकास सबैपक्ष एकजुट हुन आग्रह गर्नुभयो । विकासका निम्ति सिमित स्वार्थ राखेर काम गर्दा सोचेको जस्तो परिवर्तन नभएको भन्दै एकजुट हुन आग्रह गर्नुभएको हो । यस्तै, प्रमुख राईले काँगेलको विकासको निम्ती पालिका सरकार गम्भिर रहेको र यस सेन्टरलाई आवश्यक जनशक्ति व्यावस्थापन गरिदिने पनि बताउँनुभयो ।

रोटरी क्लव सल्लेरी सदस्य तथा स्थानिय धन्दीराम राईले धेरै लामो प्रयास पस्चात यो सेन्टर संचालनमा ल्याउन सफल भएको बताउनुभयो । अब वडा भित्रका सुत्केरी महिलाहरुलाई प्रसुतिकै लागि अन्यत्र लानुपर्ने बाध्यताको अन्य भएको बताउनुभयो । यस्तै, दरबारमार्गका सदस्य नेत्र बस्नेतले दिर्घकालिन रुपमा संचालन गर्नु आवश्यक रहेको बताउनुभयो । गाउँपालिकासँग सदस्य बस्नेतले संचालनका लागि जनशक्ति व्यावस्थपानका गरिदिनका लागि अनुरोध समेत गर्नुभयो ।

वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका संयोजक युजन बस्नेतले सहयोगी संस्थाप्रति आभार प्रकट गर्दै, वडाको विकास वडाको बजेटले मात्र सम्भव नहुने भन्दै सम्पूर्णलाई वडाको विकासमा एकहुन पनि आग्रह गर्नुभयो । सोही क्रममा रोटरी क्लव रिजमोण्डमा सदस्य इजावेल आरमरले छात्रा विद्यार्थी र स्वयमसेवीका गरि १ सय जनालाई कपडाको सेनीटरी प्याड वितरण गर्नुभयो ।

उद्घाटन कार्यक्रममा पालिका प्रवक्ता भोजराज कार्की, स्वास्थ्य संयोजक उद्धब ढुंगाना, स्थानिय बुद्धिजिवी, सरोकारवाला, र रोटरी क्लबका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु