स्काभेटर आगजनी गरेको आरोपमा लोखिमका २ जना प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको थुलुङदुधकोशी गाउँपालिका ५ जुबुमा पार्किङ गरिराखेको स्काभेटरमा आगजनी गरेको आरोपमा लोखिमका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा थुलुङदुधकोशी गाउँपालिका ९ लोखिमका २२ वर्षका एकराज राई र सोहि ठाउँका २० वर्षका सन्दिप राई रहेका छन् ।

एकराज राईलाई लोखिमबाट र सन्दिप राईलाई सल्लेरीबाट मंसिर ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख अनिल मिश्रले जानकारी दिनुभयो ।

प्रमुख मिश्रका अनुसार पक्राउ परेकाहरुलाई अपराधिक उपद्रो मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

जुबु स्थित दुधकोशी २ हाईड्रोपावरले सडक खन्ने कार्यमा प्रयोग गर्दै आएको उक्त स्काभेटरमा मङ्सिर २ गते राति आगजनी भएको थियो । आगजनीबाट स्काभेटर पूर्णरुपमा जलेको र अन्दाजी १ करोड बराबरको क्षति भएको कम्पनीले जनाएको छ ।
यस्तै, सोही गाउँपालिकाको वडा ४ मा पार्किङ गरेकै स्थानमा गत साउन र भदौमा २ वटा स्काभेटरमा अज्ञात समूहद्धारा आगजनी भएको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु