U–16 Futsal को उपाधी खाल्देल फुटबल क्लवलाई

शेयर गर्नुहोस्

सोलुखुम्बु– सल्लेरीमा आयोजित U-16 फुटसल प्रतियोगिताको उपाधी खाल्देल फुटबल क्लव नेचाले हात पारेको छ । सोलुखुम्बु फुटसल समूह र सल्लेरी बाल समूहले संयुक्त शुभदिपावली र छठ पर्वको असवरमा आयोजना गरेको फुटसलमा योङ्ग स्टार क्लवलाई ४–१ गोलले पछि पार्दै उपाधी उचालेको हो ।

प्रतियोगितामा पहिलो हुने टिमले ट्रफि, मेडल, प्रमाण पत्रको साथमा नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, दोस्रो हुने टिमले १० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रातियोगितामा विभिन्न विद्यामा उत्कृष्ट हुन सफल खेलाडीलाई सम्मान पनि गरिएको थियो ।

गत २१ गतेबाट सुरु भएको खेलमा जिल्ला भरका १२ समूहको सहभागिता रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु