पाहिला पाहिलाको आशा संस्थाले तिङ्लामा सुविधा सम्पन्न थेरापी केन्द्र निर्माण गर्ने

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा सुविधा सम्पन्न थेरापी केन्द्र बन्ने भएको छ । पाहिला पाहिलाको आशा नाम गैरसरकारी संस्थाले तिङ्लामा निर्माण गर्न लागेको हो ।

तिङ्लाको लाममानेमा निर्माण गर्न लागिएको थेरापी केन्द्रको आज एक भब्य कार्यक्रमका बीच शिलान्यास गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पा र पाहिला पाहिलाको आशा नामक संस्थाको संस्थापक अध्यक्ष पासाङकाजी लामा र संस्थाका प्रतिनीधिले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।

२ करोड २० लाखको लागतमा बन्ने केन्द्रको लागि स्थानिय निर्मला खड्काले निशुल्क ५ रोपनी जग्गा प्रदान गर्नुभएको छ । ग्रामिण क्षेत्रको शैक्षिक क्षेत्रमा बिगत लामो समय अघि देखि काम गर्दै आएका संस्थापक अध्यक्ष लामाले ग्रामिन क्षेत्रका नागरिकहरु थेरापीका लागि लाखौं खर्च गरेर टाढा जानुपर्ने अवस्था रहेको र यस्को अन्त्यको लागि आफुले यो केन्द्र निर्माण गर्न लागेको बताउनुभयो ।

अध्यक्ष लामा विगत लामो समयदेखि अध्ययनको शिलशिलामा फ्रान्समा बसोबास गर्दै आएका छन् । उनले आफ्ना फ्रान्सका मित्रहरुसंगको सहकार्यमा सोलुखुम्बुको ग्रामिण शिक्षा सुधारमा मात्र हैन बिधार्थीहरुको उज्वल भबिष्य निर्माणमा पनि योगदान दिने गरेका छन । शिलान्यास कार्यक्रममा लामा सहित उनका फ्रान्सेली साथीहरुको उपस्थिति रहेको थियो । उनिहरुले पनि नेपालको लागि काम गर्न पाउदा खुसी लागेको बताए ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले संस्थाले गर्न खोजेको काम प्रति नगरपालिका सकारात्मक रहेको र सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यस्तै, वडा अध्यक्ष टंक बहादुर कार्कीले करोडौंको लागनीमा थेरापी केन्द्र निर्माण हुन लागेकोमा खुसी व्यक्त गर्दै यो जिल्लामै पहिलो सविधा सम्पन्न थेरापी केन्द्र निर्माण हुनलागेकाले सम्पूर्ण नागरिकहरुमा सहयोग र सहकार्यको लागि पनि अपिल गर्नुभयो ।
२ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस थेरापी केन्द्रले जिल्लाभरका नागरिकलाई लाभहुने छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु