गौशालामा गोली हान्नेको परिचय खुल्यो

शेयर गर्नुहोस्

काठमाडौं– काठमाडौंको गौशालास्थित पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनमाथि सोमबार विहान आक्रमण गोली प्रहार गरिएको छ ।

उनीमाथि बाराका नवल सहनीले आक्रमण गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । आक्रमणलगत्तै सहनी फरार छन् ।

घाइते हुसेनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा पु¥याइएको छ । घटनास्थलमा पेस्तोल र चक्कु फेला परेको छ ।

हुसेनको खुट्टामा गहिरो चोट देखिएको छ । उनीमाथि गोली प्रहार गरिएको प्रहरीको आशंका छ ।

एसएसपी खत्रीका अनुसार सहनी र हुसेनबीच आर्थिक विषयमा विवाद थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु