बलात्कार आरोपमा सुनकोशी १० का वडाअध्यक्ष पक्राउ

शेयर गर्नुहोस्

ओखलढुङ्गा– जिल्लाको सुनकोशी गाउँपालिकाका १० वडा अध्यक्ष छविरमण धमला बलात्कार आरोममा पक्राउ परेको छन् । एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार प्रहरीले वडा अध्यक्ष धमला नियन्त्रनमा लिएको हो ।

धमलाले सोहि स्थानकी अन्दाजी वर्ष २५ की एक महिलालाई जबरजस्ती करणी गरेको भन्दै गत असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो । धमला विरुद्ध मुद्दा भएपछि उनलाई सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

पक्राउ परेका धमलालाई प्रहरीले आजै जिल्ला अदालत पु¥याएको थियो । थपअनुसन्धाका लागि धमलालाई जिल्ला अदालतबाट सातदिनको म्याद थप गरि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको हिरासतमा राखिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु