प्लम्बीङ सम्बन्धि १५ दिने तालिम मुक्लीमा आजबाट सुरु

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिमा १५ दिने प्लम्बिङ सम्बन्धिको तालिम आजबाट सुरु भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा ६ नं वडा कार्यालय मुक्लीको समन्वयमा सुरुभएको तालिममा वडा नम्बर ६ मुक्लि भित्रका १० वटा टोल बिकास संस्था बाट १४ जनाको सहभागीता रहेको वडा अध्यक्ष महेन्द्रदीप राईले बताउनुभयो ।

श्रम्र र श्रमको सम्मान गर्ने पद्धति,जिवनोपयोगी सीप र आत्मनिर्भरता भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण रहेको औल्याउँदै यो तालिम निक्कै नै उपलब्धिमूलक हुने विश्वास व्यक्त गरिएको वडाअध्यक्ष राईले बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख संगिता थुलुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडाअध्यक्ष महेन्द्रदीप राईको प्रमुख अतिथ्यता, गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राई, गाउँपालिकाका ईन्जिनियर नगेन्द्र बस्नेत,योजना शाखा प्रमुख नवीन बम ,प्रशिक्षक नारायण देवकोटा लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु