थृुलुङ ८ को प्रशासनिक भवन उद्घाटन

शेयर गर्नुहोस्

सोलुखुम्बु– थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ८ देउसाको प्रशासनिक भवन उट्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच गाउँपालिका प्रमुख असिम राई र उप–प्रमुख सविता राईले एकसाथ उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष राईले भवन निर्माण पस्चात जनतालाई सेवा प्रवाहमा सहज हुनै साथै थुलुङ दुधकोशी गाउँपालिका जिल्लाकै नमुना गाउँपालिका भएको र अझै पालिकाको विकासमा कुनै पनि कसुरबाँकी नराख्ने जिकिर गर्नुभयो । यस्तै, उपाध्यक्ष सविता राईले पालिका भित्र संचालन भएका सम्पूर्ण निर्माणका काममा पालिकाले चुस्त दुरुस्त तवरले संचालन गरिरहेको र विकासे कामहरु गुणस्तरिय बनाउन सम्पूर्ण नागरिकमा अपिल पनि गर्नुभयो ।

त्यस्तै, वडा अध्यक्ष राजेश किरातीले भवन निर्माण पस्चात वडाबाट प्रवाह हुने सेवा सहज हुने र डिजिटल वडा तथा गाउँपालिका निर्माण कार्यमा थप टेवा पुग्ने बताउदै वडा बासीहरुको सपना साकार भएको भन्दै सम्पूर्णलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो ।

९७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्रशासनिक भवन अहिंसा कलंकी धर्मगुरुहरुद्धारा पुजा पाठगरि विधिवतरुपमा उद्घाटन गरियो । कार्यक्रममा गाउँपालिका विभिन्न वडाका जनप्रतिनीधि तथा सरोकारवाला, स्थानियहरुको उपस्थिति रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु